काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा लीलाप्रकाश सिटौला चयन भएका छन्।

बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले सिटौलालाई अध्यक्षमा चयन गरेको हो। उनी बैंकका स्वतन्त्र सञ्चालक हुन्। 

गत चैत २३ गते सिटौला बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए। उनी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाश भएका थिए।

सिटौलासँग यसअघि कृषि विकास बैंक र पूर्वाञ्चल ग्रामीण विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव पनि रहेको छ।