काठमाण्डौ । “यो गीतमा जस्तै परीहरुको कथामा विश्वास राख्ने सबैका लागि हो”, आफ्नो लोकप्रिय गीत टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक गर्दै स्वप्न सुमनले भने ।

२०१८ मा युट्युबमा च्यानल आरबिट्ररीमार्फत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स्ले अपलोड गरिएको ५१ वटा गीतहरुबाट सफलतापूर्वक १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ र फेरि अहिले टुबोर्ग ओपन सेसन्स्को सिजन २ सुरु भएको छ ।

गीतका शब्दहरुले यस प्रेम गीतको भावनाहरुलाई राम्ररी समेटेको छ । टुबोर्ग ओपन सेसन्स् २ को प्रस्तुतिमा स्वप्नको सुमधुर स्वरलाई रोहित शाक्यको अरेन्जमेन्टले थप निखार ल्याएको छ । स्वप्न सुमन निकै लोकप्रिय नेपाली गायक, गीतकार र गीतारिस्ट हुन् ।

विशेषगरी युवापुस्तामाझ निकै प्रिय रहेका स्वप्नले सधैं आफ्ना लागि स्टेज नेम चाहेका थिए । धेरै नामहरुपछि उनलाई अन्तिममा स्वप्न मन पर्यो ।

काठमाण्डौमा जन्मिएका स्वप्नका कभर भिडियोहरु युट्युबमा चल्न थालेपछि उनको लोकप्रियता बढ्दै गयो । उनको युट्युबमा १२० हजारभन्दा बढी सब्स्क्राइबरहरु रहेका छन् भने इन्स्टाग्राममा १३६ हजारभन्दा बढी फलोवर्स रहेका छन् ।

सानैदेखि संगीतमा रुचि राख्ने स्वप्नले आफैँ गितार बजाउन सिकेका हुन् । उनले आफ्नो सांगीतिक यात्रा व्यावसायिक रुपमा कर्मा रेकर्डस्सँग सुरु गरेका थिए तर पछि आरबिट्ररी रेकर्डिङस्सँग आबद्ध भए । आरबिट्ररी रेकर्डिङस्सँग उनले कसरी भनु, दिकफी सङ, म तिम्रो जस्ता हिट गीतहरु रिलिज गरे ।

टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले नयाँ शैली र कलाकारहरुलाई नयाँबजारमा चिनाउन मद्दत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पुर्याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।