काठमाण्डौ । लाभांश पारितको मुुख्य अजेन्डासहित स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो । बैठकले सभा यही मंसिर २८ गते शनिबार काभ्रेको बनेपामा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २८.१५ प्रतिशत लाभांश अनुुमोदन हुुनेछ । प्रस्तावित लाभांशमा चुुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार २ सय १३ रुपैयाँको २६.७५ प्रतिशतले हुुन आउने ७ करोड २० लाख ९९ हजार ९ सय ७ रुपैयाँ बराबरको बोनस सेयर र १.४० प्रतिशतले हुन आउने ३७ लाख ९४ हजार ७ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन,आर्थिक प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेज छलफलपछि पारित हुनेछन् ।
यसैबीच सञ्चालक समितिको बैठकले साधारणसभा प्रयोजनार्थ मंसिर १५ गतेदेखि मंसिर २८ गतेसम्मका लागि बूूक क्लोज गर्ने निर्णयसमेत गरेको छ । यसको मतलब साधारणसभामा भाग लिन र प्रस्तावित लाभांशको हकदार बन्न मंसिर १४ गतेसम्म सो संस्थाको सेयरधनी कायम हुुनुुपर्नेछ ।