काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ।
सेबोनले दुवै लघुवित्त संस्थालाई आइतबार (चैत ५ गते) पत्र पठाउँदै मर्जर प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ बमोजिम पूर्वस्वीकृति प्रदान गरिएको सेबोनले जनाएको छ।
यी दुई लघुवित्तबीच गत पुस १८ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। यी दुवै लघुवित्तको रजिस्टर्ड कार्यालय काभ्रेको बनेपामा रहेको छ।
गत फागुन २८ गते नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्तको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। सैद्धान्तिक सहमति प्रदान गरेको तीन महिनाभित्र आआफ्नो साधारणसभा डाकेर मर्जर प्रक्रियालाई स्वीकृत गर्नुपर्ने सर्त राष्ट्र बैंकले राखेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago