काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजेदेखि हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।