काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११००.८४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १३१० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो संस्थाको सेयर कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ स्वावलम्बन लघुवित्तले आज मंसिर ६ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो पुस ५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

संस्थाले गत आर्थिक वर्षका लागि कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १९ प्रतिशत बोनस सेयर ६ प्रतिशत नगद लाभांश (करसहित) छन्।

प्रस्तावित लाभांश संस्थाको यही पुस १५ गते हुने २० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।