काठमाण्डौ । पछिल्लो समय कोरोना संक्रमण भयावह रुपमा बढिरहेको छ। सरकारले खोप अभियानलाई पनि तीव्रता दिइरहेको छ। यहीबीच नेपालमा लगाइएका २० देखि २५ लाख खोपको रेकर्ड नै नभेटिएको खुलासा भएको छ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिलाई आज कोरोना संक्रमणको अवस्था र स्वास्थ्य मन्त्रालयको तयारीका बारेमा जानकारी दिने क्रममा यस्तो खुलासा भएको हो। मन्त्रालयका सचिव डा. रोशन पोखरेलले हालसम्म नेपालले प्राप्त गरेर लगाएको कुल खोपमध्ये २०–२४ लाख खोप रेकर्ड नै नभेटिको खुलासा गरेका हुन्। ‘मानिसहरुले खोप कार्ड बिना नै पहिलो र दोस्रो मात्राको खोप लगाएको, सहरी क्षेत्रमा केहीले पहिलो डोज भन्दै तेस्रो डोज पनि लगाएका कारणले गर्दा पनि केही लाख खोपको रेकर्ड नै नमिलेको देखिएको छ’, उनले भने, ‘अहिले तेस्रो डोज लगाउन आउनेहरुले पहिलो र दोस्रो डोज लगाउँदा आफूले कार्ड नै नपाएको पनि बताउने गरेका छन्, यसले उनीहरुले पहिला खोप लगाए पनि हाम्रो तथ्यांकमा भने इन्ट्री नभएको बुझिन्छ।’
डा पोखरेलले नेपालका ठूला सहरी क्षेत्रमा बसोबास गर्ने अधिकांशले दुई डोज खोप लगाइसकेको दाबी पनि गरे। ‘सहरी क्षेत्रमा ७० देखि ८० प्रतिशतले नै खोप लगाइसके भन्ने हाम्रो तथ्यांकले देखाउँछ’, उनले भने।
सरकारले हाल तेस्रो डोज लगाउनेहरुको भने व्यवस्थित रुपमा तथ्यांक राख्ने प्रयास गरिरहेको डा पोखरेलले जानकारी गराए।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago