काठमाण्डौ । स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्स कम्पनी लिमिटेडले पौने ४८ करोड रुपैयाँ बढीको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

स्वेतगंगाले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) आवेदन दिएको हो। कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।

सेबोनबाट अनुमति पाएमा स्वेतगंगाले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

स्वेतगंगाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।