काठमाण्डौ । सरकारले केही दिनभित्रै अर्थतन्त्रका बारे स्वेतपत्र जारी गर्ने भएको छ।

हालको मुलुकको अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुने गरी सरकारले स्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको हो। अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले केही दिनभित्रै स्वतेपत्र जारी गर्ने जानकारी गराएका हुन्। 

स्वेतपत्र जारी गर्ने उद्देश्यले आफूले अर्थ मन्त्रालयअन्तर्गत विभिन्न महाशाखाका प्रमुखहरुसँग छलफल थालिसकेको मन्त्री शर्माले जानकारी दिए। 

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले पनि अर्थ मन्त्रालयको बागडोर सम्हालेपछि अघिल्लो सरकारका पालामा बनेको अर्थतन्त्रको विषयमा स्वेतपत्र सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको स्वेतत्र इतिहासकै विवादित बनेको थियो। 

स्वेतपत्रको सुखद इतिहास नरहेको अवस्थामा नवनियुक्त अर्थमन्त्री शर्माले पनि त्यस्तै कदम चाल्दा विवादित नहोला भन्न सकिन्न। तर शर्माले अर्थतन्त्रको जे अवस्था हो, त्यसमा कुनै तोडमोड वा संशोधन नगरी यथार्थ चित्रण हुने हिसाबले स्वेतपत्र आउने दाबी गरेका छन्।