भरतपुर । चितवनको भरतपुरस्थित हंस बहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यहरुका लागि एकदिने सहकारी शिक्षा तथा मोबाइल बैंकिङ सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रम वित्तीय साक्षरता अभिवृद्धि, सामुदायिक विकासलाई बढावा दिन र आधुनिक प्रविधिलाई आत्मसाथ गराउनका लागि संस्थाका जीतपुर सेवा केन्द्रका सदस्यहरुलाई लक्षित गरी आयोजना गरिएको हो। संस्थाका शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका–२८ का वडाध्यक्ष डन्डपाणि रिजाल थिए।
कार्यक्रममा रिजालले सहकारी र सामुदायिक विकासबीचको सहजीवी सम्बन्धलाई प्रकाश पारे। उनले भने, ‘सहकारीहरु हाम्रो समुदायको आर्थिक परिवर्तनको आधार हो र यस्ता कार्यक्रमले प्रत्येक सदस्यलाई महत्त्वपूर्ण वित्तीय साक्षरताका साथ सशक्त बनाउन सहयोग पुर्याउँदछ।’
कार्यक्रममा संस्थाका अध्यक्ष दिनेशकुमार चुकले डिजिटल उन्नतिले सञ्चालित यस युगमा मोबाइल बैंकिङ सेवाहरुले ग्राहकको औँलाको छेउमा सुविधाहरु प्रदान गर्ने र वित्तीय समावेशीताको संस्कृतिलाई बढावा दिँदै निर्वाध रुपमा खाता र कारोबारहरु सञ्चालन गर्न सकिने बताए। उनले आउँदै गरेको भरतपुर भ्रमण वर्ष २०२४ मा पर्यटन विकासको लागि सहकारीहरुलाई पनि समेट्न सम्बन्धित निकायलाई अनुरोधसमेत गरे।
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago