काठमाण्डौ । हकप्रद सेयरका लागि नागरिक लगानी कोष (सीआईटी) को मंगलबार सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हकप्रद सेयरका लागि कोषको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २ हजार ७८४ रुपैयाँ कायम गरेको छ। यसअघि कोषको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५ हजार ८ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै कोषको सेयर कारोबारमा आउनेछ।
कोषले १ः.०.८२८४ अनुपातमा हकप्रद सेयर यही पुस २८ गतेबाट निष्कासन गर्दैछ। यो कोषको हाल कायम चुक्तापुँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रुरुपैयाँको १ सेयरबराबर नयाँ ०.८२८४ निष्कासन हुनेछ। कोषले १०० अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
धितोपत्र बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। सेयरधनीहरुले यो हकप्रद खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभाभागी बेंक तथा वित्तीय संस्थाहरुका साथै टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, भरतपुर, बनेपा, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, हेटौँडा, बिर्तामोड र नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर र पोखराबाट आवेदन दिन सक्नेछन्।
आवेदन दिने माघ १९ गते बैंकिङ समयसम्म तोकिएको छ।
हकप्रद निष्कासन प्रयोजनार्थ कोषले आज पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो हकप्रद खरिदका लागि योग्य हुनेछन्।
यो हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डले भने गत पुस २ गते अनुमति प्रदान गरेको थियो।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago