काठमाण्डौ । नेपाल फाइनान्सले कम्पनीका सञ्चालक र आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।

कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सञ्चालक तथा आधारभूत सेयरधनीलाई आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो। 

सञ्चालक तथा आधारभूत सेयरधनीहरुले उक्त रकम हकप्रद सेयर निष्कासनपूर्व नै जम्मा गर्नुपर्ने भएकोले कम्पनीले सूचना जारी गरी यस्तो आग्रह गरेको हो। 

कम्पनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रकम जम्मा गर्न पनि आग्रह गरेको छ। 

कम्पनीले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद जारी गर्दैछ। जसअनुसार कम्पनीले १ः०.७० प्रतिशत हकप्रद बिक्री गर्नेछ।