काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। 

कम्पनीले चुक्तापुँजी १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सेबोनमा सोमबार (जेठ २२ गते) निवेदन दिएको हो। यसका लागि विवरणपत्र तथा आवश्यक सम्पूर्ण कागजात सेबोनमा पेस गरिएको कम्पनीले जनाएको छ। 

सेबोनले अनुमति दिएमा कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद जारी गर्नेछ। 

छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ।