काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सुनसरीको हरिनगरा, इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ।

गत मंसिर ५ गते इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डीएन न्यौपानेले गरेका थिए। कार्यक्रममा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए। कार्यक्रम एरिया प्रमुख शिपुजन शाहले सञ्चालन गरेका थिए। 

त्यसैगरी सोही दिन हरिनगरा माविमा करिब १५० जना विद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए। कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उपक्षेत्रीय प्रमुख हीरा निरौलाले प्रकाश पारेका थिए। कार्यक्रमका अध्यक्ष तथा प्रधानाध्यापक बलराम मण्डलले समीक्षा मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन जनजागरण जिल्ला कमिटीका संयोजक खड्ग नारायण उराँवले गरेका थिए। 

त्यसैगरी मंसिर ६ गते गौरको गौरी शंकर बहुमुखी क्याम्पस मा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका थिए। प्रमुख अथिति प्रशासकीय अधिकृत मोहन यादव रहेका उक्त कार्यक्रममा बीमाको महत्वबारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेशकुमार शाहले प्रकाश पारेका थिए। कार्यक्रममा बीमासम्बन्धी प्रशिक्षण क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रदान गरेका थिए। कम्पनीका कर्मचारी मनोजकुमार यादवबाट सञ्चालित कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमको सरहाना गर्दै यस कार्यक्रमले जनस्तरमा बीमा बारे बुझ्न र समाजमा रहेका बीमासम्बन्धी अन्यौललाई हटाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए।