काठमाण्डौ । सरकारले हालै पुरानो संरचना खारेज गरी निर्माण गरेको ७ सय ४४ स्थानीय निकायलाई १ करोडको दरले बजेट उपलब्ध गराउने घोषणा गरेको छ । 

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय निकायका लागि आवश्यक नयाँ संरचनाको पूर्वाधार विकासका लागि प्रत्येकलाई १ करोडको दरले बजेट उपलब्ध गराइने बताएका हुन् । 

सबै नयाँ स्थानीय निकायलाई बजेट उपलब्ध गराउन सरकारले कुल ७ सय ४४ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले मंगलबारदेखि ७४४ नयाँ स्थानीय तह कार्यान्वयनमा ल्याएको थियो ।