काठमाण्डौ । हलिउडका टीभी र सिनेमाका लेखकहरु मंगलबारबाट हड्ताल उत्रिएका छन्। तलबको विषयमा धेरै ठूला स्टुडियोसँग वार्ता सफल हुन नसकेपछि उनीहरु हड्तालमा उत्रिएका हुन्।
विगत १५ वर्षमा पहिलोपटक राइटर्स गिल्ड अफ अमेरिकाका ९ हजार लेखक अर्थात् उनीहरुका ९८ प्रतिशत मतदान सदस्य हड्तालमा उत्रिएका छन्। गिल्डले ट्विटरमा भनेको छ, ‘हामी स्थानीय समयअनुसार १२ः०१ बाट हड्तालमा छौँ।’
हड्तालका कारण धेरै रातिको शो प्रभावित हुनेछन्। यसबाहेक केही चलचित्रमा ढिलाइ पनि हुन सक्नेछन्।
मंगलबार दिउँसोदेखि धर्ना सुरु हुनेछ।
यसअघि २००७ मा लेखकहरु १०० दिनसम्म हड्ताल उत्रिएका थिए। जसका कारण २ अर्ब डलरको नोक्सानी भएको थियो।
यसपटक लेखकहरु डिज्नी र नेटफ्लिक्सजस्ता ठूला स्टुडियोहरुको प्रतिनिधित्व गर्ने एलायन्स मोसन पिक्चर र टेलिभिजनविरुद्ध आन्दोलनमा उत्रिएका छन्। उनीहरुले स्ट्रिमिङ प्लेटफर्मबाट उच्च तलब र अधिक लाभमा हिस्सा चाहिने माग गरेका छन्। –एजेन्सी
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago