काठमाण्डौ । ब्रिटिस कलेजमा हल्ट प्राइजले आफ्नो मुख्य कार्यक्रम आउँदो आइतबार बिहान १० बजे आयोजना गर्ने भएको छ। 

सहभागीलाई संलग्न राख्नका लागि एक अनबोर्डिङ सत्र, सात मेन्टरसिप सत्र र हप्तामा विभिन्न मनोरञ्जनात्मक दिनहरु (मोटिभेसनल मन्डे र फ्याबुलस फ्राइडे) पछि कार्यक्रम समापन हुँदैछ। कार्यक्रम १३ मार्चमा ब्रिटिस कलेजको सम्मेलन हलमा आयोजना हुनेछ। मार्च १२ मा अन्तिम मक् पिचिङ सत्र मुख्य कार्यक्रम अघि सञ्चालन गरिनेछ।  

ब्रिटिस कलेजको हल्ट प्राइजले विद्यार्थीलाई तिनका विचार विकास गर्न र संसारमा राम्रो भिन्नता ल्याउन मद्दत गर्नका लागि कम्पनी योजनाहरु, व्यावसायिक अनुभव वा विचारसँग कुनै पूर्वविशेषज्ञता नभएका विद्यार्थीलाई प्रशिक्षणको एक शृंखला प्रदान गर्यो। हल्ट पुरस्कारले विद्यार्थीलाई आफ्नो विशेषज्ञता र विचार बाँकी संसारसँग साझा गर्न अनुमति दियो।

एसेनदीफ्लायी का संस्थापक विवेक भण्डारीले सहभागीलाई ‘रनिङ अ लिन स्टार्टअप’ विषयमा शिक्षा दिए। २४ वर्षीय उद्यमी सुरजराज पाण्डेले मूल्यमा प्रतिस्पर्धा गर्दा कसरी उद्यमीलाई मद्दत गर्न सकिन्छ भन्ने बताए। 

त्यसैगरी हेन्ले कन्सल्टिङका वरिष्ठ सल्लाहकार उत्सव खरेलले डिजाइन थिंकिङको विषयमा सहभागीसँग छलफल गरे। रिचर्ड लोव एक वरिष्ठ नेतृत्व प्रशिक्षण पेसेवरले सहभागीलाई कसरी उच्च–प्रदर्शन टोलीहरु विकास गर्ने भन्नेबारे मार्गदर्शन गरे। 

त्यसैगरी माहिर अशेफले ‘पिच डेक डिजाइन’का विषयमा सल्लाह दिए। एक व्यापार उत्साही फैजा परवीनले सफल पिचिङका लागि नेतृत्व र सञ्चारमा सल्लाह प्रदान गरिनेछ। 

अन क्याम्पसको नेतृत्व क्याम्पस निर्देशक श्री ग्रिशम तिवारीले गर्नेछन्। मुख्य कार्यक्रममा सहभागी टोलीहरुले आफ्ना व्यावसायिक विचारहरु निर्णायक मन्डलसामु पिच गरेर उनीहरुका प्रश्नहरुका जबाफ दिएर प्रतिक्रिया प्राप्त गर्ने अवसर पाउनेछन्। 

प्रतियोगिताको अन्त्यमा विजेता टोली घोषणा गरिनेछ। 

मार्च ४ मा एक मक् पिचिङ सत्र आयोजना गरिएको थियो। जहाँ सहभागीले आफ्ना विचारको प्रतिक्रिया प्राप्त गरे। यसका साथै कार्यक्रमलाई थप मनोरन्जनमय बनाउन विभिन्न अतिथि प्रदर्शनहरुलाई आमन्त्रण गरिनेछ। जसमा जादुई प्रदर्शन, नृत्य, गीत र थप कुरा समावेश हुनेछन्।

अन–क्याम्पस कार्यक्रमको विजेता टोलीलाई क्षेत्रीय शिखर सम्मेलनमा आमन्त्रित गरिनेछ। जहाँ उनीहरुले अन्य टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।