काठमाण्डौ । हरेक वर्ष संयुक्त राष्ट्रसंघले हल्ट प्राइज फाउण्डेशनलाई एउटा चुनौती प्रदान गर्दै आइरहेको छ। यस वर्ष हल्ट प्राइजलाई करिब २ हजार व्यक्तिलाई कम्पनी सिर्जना गरी रोजगारी दिने चुनौती रहेको छ। 

सन् २०२४ सम्ममा यसको सकारात्मक प्रभाव हुनुपर्ने अपेक्षा गरिएको छ। हल्ट प्राइजलाई लिएर ब्रिटिस कलेजले यस वर्षको सुरुदेखि नै चुनौती पूरा गर्न र ग्रान्ड फिनालेका लागि सहभागीलाई आकार दिने कार्यक्रमहरुको दायरा उपलब्ध गराउन सक्रिय रुपमा काम गरिरहेको छ।  

एनआइसी एसिया बैँकले ११ मार्चमा यो इभेन्टको प्रायोजक गर्ने निर्णय गरेको थियो। ब्रान्ड हेड सरोज भट्टराई र क्याम्पस निर्देशक ग्रिशम तिवारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। एनआईसी एशिया बैंकको सहयोगलाई द ब्रिटिस कलेजस्थित रहेको हल्ट कमिटीले प्रशंसा गरेको छ।

‘अन–क्याम्पस हल्ट पुरस्कार’ कार्यक्रम मार्च १३ बाट सुरु भएको थियो। कार्यक्रमअघि सबै ७ टोलीहरु दर्ता गरी दर्ता सत्रको समापन गरिएको थियो। त्यसपछि होस्ट निशान श्रेष्ठ र सुदीपा बज्राचार्यले निर्णायक र सहभागीहरुलाई हल्ट प्राइज र २०२२ को विषयवस्तुका बारेमा संक्षिप्त जानकारी दिएका थिए। मिडिया र प्रायोजकहरुलाई धन्यवाद दिँदै उनीहरुले स्वागत मन्तव्य दिएका थिए। 

कार्यक्रममा सुम्निमा राजवंशी र उनको समूहले सुन्दर नृत्य प्रस्तुत गरेका थिए। त्यसपछि निर्णायकहरुका सामु प्रत्येक टोलीले व्यापारसम्बन्धी आफ्नो धारणाहरु प्रस्तुत गरेका थिए। लगत्तै प्रतियोगी र निर्णायकहरुबीच प्रश्नोत्तरसत्र कार्यक्रम भएको थियो। 

प्रस्तुत गरिएका विचारहरुमध्ये लक्की ड्रमार्फत २८६ नम्बरलाई विजेता घोषित गरिएको थियो। विजेतालाई भौचर प्रदान गरिएको थियो। 

जादुगर प्रथम ओलीले विभिन्न जादुई प्रस्तुतिहरु प्रस्तुत गरेका थिए जसले दर्शकहरुलाई उत्साहित बनाएको थियो।

लक्की ड्र सेसनपछि अपसाइकल सेवाहरुको प्रतिनिधित्व गर्ने स्टार्टअप नाम ‘सरोग’ सहितको टोली “रिभोलुसन“ लाई हल्ट प्राइज २०२२ को अन–क्याम्पस विजेता घोषित गरिएको थियो। विजेता टोलीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। 

कोभिड–१९ पछिको विश्वलाई फिर्ता ल्याउन उद्यमशीलता योजनाहरुमा छलफल केन्द्रित रहेको थियो। नतिजा घोषणा पछि ‘द थर्स्टी सोल्स’ ब्यान्डले आफ्नो प्रस्तुत दिएको थियो। कार्यक्रममा एनआइसी एशियाका कर्पोरेट शाखा प्रबन्धक, फ्रक्स जब र फुडमाण्डुका सीईओले आफ्नो भनाइ राखेका थिए।

क्याम्पस निर्देशक ग्रिशम तिवारीको समापन टिप्पणीका साथ, हल्ट पुरस्कार २०२२ को गौरवशाली अन–क्याम्पस यात्राको औपचारिक अन्त्य भएको जानकारी दिएका थिए।