काठमाण्डौ । सरकारले सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । नेपाल–भारत उडान भने साताको २ वटामात्रै हुनेछ। 

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो। भारतबाहेक अन्य अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो। 

आपतकालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिइने बताइएको छ। 

कोरोनाको जोखिम बढ्दै गएको हवाई उडान बन्द गर्नुपरेको सरकारले जनाएको छ।