काठमाण्डौ । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ।
अर्थमन्त्री जनादर्न शर्माको नेतृत्वमा काठमाण्डौ विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो। छलफलमा अर्थमन्त्री शर्माले सुरुआतमा १०० मेगावाटको हाइड्रोन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए।
विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसंग निकाल्दै अर्थमन्त्री शर्माले तत्काल १ंं मेगाावाटको हाइड्रोजन प्लान्ट लगाउने विषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीलाई निर्देशन दिए। ‘हाइड्रोजन प्लान्ट लगाउने विषयमा अर्थ मन्त्रालयका तर्फबाट पनि केही तयारी गर्छौं। तपाइँहरु (केयूका पदाधिकारी) पनि तयारी गर्नुहोस्। र, हप्ता–दस दिनभित्र पुनः अर्को बैठक बसौँ’, उनले भने।
अर्थमन्त्री शर्माले लगानी बोर्डमार्फत लगानीकर्ताको खोजी गर्ने जानकारी गराए। रासायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तर्राष्ट्रिय कम्पनीहरुले इच्छा देखाइरहेको जानकारी गराउँदै उनले हाइड्रोजन इन्धनबाट मल कारखाना सञ्चालन गर्ने विषयमा छलफल अघि बढाउने बताए।
छलफलमा ग्रीन हाइड्रोइजन ल्याबका प्रमुख विराजसिंह थापाले १०० मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्नेगरी अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रस्ताव गरिरहेको जानकारी गराए। उनले विभिन्न देशमा ग्रीन हाइड्रोजनको अभ्यास तथा पेट्रोलियमलाई विस्थापित गरी ग्रीन हाइड्रोजन अवलम्बन गर्ने नीतिका बारेमा बताए।
थापाका अनुसार १ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न ९ किलो शुद्ध पानी चाहिन्छ। विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो भएको उनले बताए। ‘हिमालयन देशको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ। त्यसैले नेपालको हिमाली तथा पहाडी क्षेत्रको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्यौँ भने धेरै फाइदा पुग्छ’, उनले भने, ‘निर्यातमा कोशेढुंगा सावित हुन सक्छ।’
5 minutes ago
59 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
15 hours ago