काठमाण्डौ। सेयर बजारमा बजारले लय समत्दै गर्दा लगानीकर्ताले सेक्टर रोटेसन गर्दै लगानी गरेका हुन्छन्।
बजारले करिब १८०७ बाट गति लिँदै गर्दा गएको कारोबारहरुमा होटेल तथा पर्यटन सेक्टरका लगानीकर्ताले सबैभन्दा बढी १५ प्रतिशत कमाएका छन्। यो सेक्टरमा पनि सबैभन्दा बढी कालिन्चोक दर्शनका लगानीकर्ताले सुरु मूल्यवटा १७७ प्रतिशतले नाफा कमाएका छन्। यो कम्पनी केही समयपहिले दोस्रो बनजारमा आएको हो भने १३८ रुपैयाँ ओपनिङ रेन्ज थियो।
त्यसपछि तारगाउँ रिजेन्सी होटेलका लगानीकर्ताले पनि हालसम्म न्यून मूल्यबाट ५० प्रतिशत कमाएका छन् भने ओरियन्टल होटेलका लगानीकर्ताले ९.३९ प्रतिशत नाफा कमाएका छन्।
त्यसपछि चन्द्रागिरी हिल्सका लगानीकर्ताले ०.६३ प्रतिशतले कमाएका छन्। सोल्टी होटेलका लगानीकर्ताको सम्पत्ति भने १.६१ प्रतिशतले बढेको छ।
उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले १२.७८ प्रतिशतसम्म कमाएका छन् भने निर्जीवन र जीवन बीमा समूहका लगानीकर्ताले क्रमशः ११.७८ र ७..०२ प्रतिशत कमाएका छन्। लघुवित्त समूहका लगानीकर्ताले ६.६५ प्रतिशत र लगानी समूहका लगानीकर्ताले ६.५७ प्रतिशतले कमाएका छन्।
त्यसपछि व्यापार, विकास बैंक, वित्त र वाणिज्य बैंक समूहका लगानीकर्ताहरुको सम्पत्ति पनि क्रमशः ५.२७ प्रतिशत, ४.२ प्रतिशत, ३.२५ प्रतिशत र १.४ प्रतिशतले बढेको छ।
उता अन्य समूहका लगानीकर्ताको सम्पत्ति ०.४२ प्रतिशतले घट्दा जलविद्युत समूहका लगानीकर्ताले पनि ०.६६ प्रतिशतले गुमाएका छन्।
कुन सेक्टर चल्न सक्ला आगामी कारोबारमा ?
विगत २ सातामा होटेल समूहका लगानीकर्ताले सबैभन्दा बढी कमाए। त्यसमा पनि कालिन्चोक दर्शनका लगानीकर्ता र तारागाउँ रिजेन्सी होटेलका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।
यदि आगामी साता पनि बजारमा बढोत्तरी कायमै रहेमा अहिले लिड गरिरहेका सेक्टरहरु नै अगाडि बढ्न सक्छन्। बजार बढ्दै जाँदा पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता नबढेको क्षेत्रमा पस्ने विगतको ट्रेन्ड हेर्दा जलविद्युत समूहले पनि गति लिन सक्ने देखिन्छ।
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
19 hours ago