काठमाण्डौ । आईपीओ जारी गर्ने मुख्य अजेन्डासहित हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले आफ्नो तेह्रो वार्षिक वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो भदौ २५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो २ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश रहेका छन्। 

सोही सभाले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।