काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा (एजीएम) आज फागुन ३० गते डोकेको छ।

सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

सभाले अन्य कुनै कम्पनीलाई प्राप्ति गर्ने वा एकआपसमा गाभिनका लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने, समझदारीपत्र हस्ताक्षर गर्नेदेखि लिएर सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि छलफल गरी पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत फागुन १६ गते १ दिन बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत फागुन १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।