काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।
कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा आज जेठ ८ गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण आउँदो जेठ १६ गते बैंकिङ समयसम्म आवेदन दिने म्याद थप गरिएको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशतले हुन आउने ९ करोड रुपैयाँ आईपीओ जारी गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ९ लाख कित्ता सेयर निष्कासन गरेको छ।
यो आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १ (साबिकको पाचें गाविसको सबै वडा), मादी गाउँपालिकाको वडा नं. २ (साबिकको नामार्जुन गाविसका सम्पूर्ण वडा), मादी गाउँपालिका वडा नं. ३ र ४ (साबिकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडा) र मादी गाउँपालिकाका वडा नं. ६ र ७ (साबिकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडा)का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। उनीहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।
स्थानीयले ग्लोबल आइएमई बैंकको लेखनाथ र न्युरोड शाखा (कास्की), माछापुच्छ्रे बैंकको मादी शाखा (कस्की), मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा (कस्की) र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा (कास्की) बाट आवेदन दिन सक्ने छन्। नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
यो आईपीओलाई नेपाल धितोपत्र बोर्ड गत वैशाख ४ गते निष्कासन अनुमति दिएको थियो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago