काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिनसम्म झन्डै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
यो कम्पनीले हिजो असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गरेको हो। जसमा पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता पनि जोडिएको छ।
कुल कित्तामध्ये ३९ हजार ३६५ कित्ता (२ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ९८ हजार ४१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ। बाँकी १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज साँझ ६ बजेसम्म यो आईपीओमा ६ लाख ६३ हजार २१८ आवेदकबाट कुल ७६ लाख ११ हजार ८९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४.१६ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि अब गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनैमध्ये भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सीडीएससीको ‘मेरो सेयर’बाट पनि आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द असार १९ गते हुनेछ।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago
17 hours ago