काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।
यो कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै आगामी आइतबारबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृतको दोस्रो दिनबाट कारोबारमा आउँछ। भोलि शनिबार परेकोले आइतबारबाट यो कम्पनीको सेयर कारोबारमा आउने भएको छ।
नेप्सेमा यो कम्पनीको १०० अंकित दरका कुल १ करोड ९ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा स्थानीयको ९ लाख कित्ता, सर्वसाधारणको १३ लाख ५० हजार कित्ता र संस्थापक समूहको ८७ लाख कित्ता सेयर छन्।
नेप्सेले यो कम्पनीलाई ‘एचएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीले न्यूनतम ७६.३३ रुपैयाँदेखि अधिकतममा २२८.९९ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ।
यदि आइतबार स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएकोमा नियमित समयका लागि कारोबारमा आउनेछ।
यो कम्पनीले गत असार १५ गतेदेखि असार १९ गतेसम्म आईपीओ बिक्री गरेको छ। आईपीओ बाँडफाँड भने असार २८ गते भएको थियो।
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago