काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।
ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा हिमालयन हाइड्रोपावर र ग्लोबल आइएमई क्यापिटलबीच सेयर रजिस्ट्रारसम्बन्धी सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा हिमालयन हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत अभिषेक केसी र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।
कम्पनीले कास्कीको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न गरी मिति २०७७ असोज १२ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको र उत्पादित विद्युतशक्ति राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको कम्पनीको अधिकृत पुँजी रु. १९८ करोड तथा जारी पुँजी रु. १०९.५० करोड रहेको छ। सर्वसाधारण समूहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात रु. २२.५० करोड बराबरको शेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ जिल्लाका स्थानीय बासिन्दाहरुका लागि ८.२२ प्रतिशत अर्थात रु. ९ करोड र सर्वसाधारणका लागि १२.३३ प्रतिशत अर्थात रु. १३.५० करोडबराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँडसमेत गरिसकिएको छ।
कम्पनीले गत असार १५ गतेदेखि असार १९ गतेसम्म सर्वसाधारणका लागि सेयरको निष्कासन तथा बिक्री खुला भएको कम्पनीको सार्वजनिक निष्कासनमा सर्वसाधारण लगानीकर्ताको उत्साहप्रद सहभागिता थियो।
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
16 hours ago