काठमाण्डौ। हिमालयन बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ। यो योजना कात्तिक २५ गतेका दिन लागू हुनेछ। 

बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम रु. २ हजार ५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा २०% वा अधिकतम रु. ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्ड ई—कमर्सका लागि सक्रिय गर्नुपर्नेछ। 

ग्राहकले हिमालयन बैंकको मोबाइल बैंकिङबाट आफैँले नै आफ्नो कार्डमा ई—कमर्स सक्रिय गर्ने सुविधा प्रदान गरेको छ। यी पूर्वभुक्तानी छुटहरु सीमित र छुटमा केही सर्तहरु लागू हुने भएकोले दराजको ११.११ अभियानअन्तर्गत ग्राहकले छुट प्राप्त गर्न यथाशीघ्र कार्डबाट पूर्बभुक्तानी गरी समानहरु खरिद गर्नुपर्नेछ। 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक विजयमान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।