काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल ७० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव निशा निरौलाले बताइन्। ‘जसमा ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) छ’, उनले भनिन्।
निरौलाका अनुसार कम्पनी सञ्चालक समितिको बैठकले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति पनि तय गरेको छ। कम्पनीले आउँदो पुस २७ गते वार्षिक साधारणसभाबाट आयोजना गर्ने निर्णय गरेको छ। सभा वीरगन्जको लिपनिविर्तास्थित कम्पनीको रजिस्टर्डको कार्यालयमा सञ्चालन हुनेछ।
सोही साधारणसभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
अघिल्लो आर्थिक वर्ष अर्थात २०७७–७८ मा कम्पनीले सेयरधनीहरुलाई चुक्तापुँजीको ७५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद गरी कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो।
6 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago