काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले घाटा व्यहोरेको छ। यो अवधिमा कम्पनीले १ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको छ।
पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ। सञ्चालन मुनाफा पनि १ करोड २४ लाख रुपैयाँ रहेको छ।
चुक्तापुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.७८ रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो १६८.६८ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९८.२२ रुपैयाँ रहेको छ।
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago