काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३६.४१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४६ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट २ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ३ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले कम्पनीको आम्दानी गत वर्षको यही अवधिको तुलनामा १८ प्रतिशतले कम हो।
कम्पनीको सञ्चालन मुनाफा पनि ६४ करोड ७१ लाख रुपैयाँबाट घटेर ४२ करोड ४६ लाख रुपैयाँ भएको छ।
चुक्तापुँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको कम्पनीले रिजर्भको आकार २३.८४ प्रतिशतले घटेर ५५ करोड ७४ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष रिजर्भमा ७३ करोड १९ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २४.२२ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष ईपीएस ३८.०९ रुपैयाँ थियो। पीई रेसियो ११२.४१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२२.९४ रुपैयाँ रहेको छ।
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago