काठमाण्डौ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ३७.९६ प्रतिशतले बढेको हो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज पनि ह्वात्तै बढ्दा वितरणयोग्य मुनाफा नकारात्मक बनेको हो।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.५७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.५९ प्रतिशत थियो।
बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ अर्ब २८ करोड रुपैयाँ थियो।
बैंकको सञ्चालन मुनाफा ५ अर्ब ४९ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ५५ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ११४.८१ प्रतिशतले बढेको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।
बैंकको रिजर्भको आकार १३०.३९ प्रतिशतले बढेर १४ अर्ब ९१ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ६ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.१९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.२६ रुपैयाँ थियो। पीई रेसियो ११.०९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६५.५८ रुपैयाँ रहेको छ।
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago