काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि एक बैंक र दुई लघुवित्तको सेयरमूल्य सोमबार समायोजन गरेको छ ।

नेप्सेले हिमालयन बैंक, डिप्रोक्स लघुवित्त र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । गत आर्थिक वर्षका लागि हिमालयन बैंकले १० प्रतिशत, डिप्रोक्स लघुवित्तले ३० प्रतिशत र नागबेली लघुवित्तले २६ प्रतिशतले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छन् ।

प्रस्तावित बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता हिमालयन बैंकको ५१३.६४ रुपैयाँ, डिप्रोक्स लघुवित्तको ७९३.८५ र ४६६.६७ रुपैयाँ कायम गरेको हो । अब समायोजित मूल्यअनुसार नै तीनवटा वित्तीय संस्थाको कारोबार खुल्नेछ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि तीनैवटा संस्थाले आज सोमबार (माघ १३ गते) देखि बुक क्लोज गरेका छन् । यसको मतलब हिजो आइतबार (माघ १२ गते) सम्म कायम सेयरधनीहरुमाध साधारण्भासमा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

हिमालयन बैंकले यही माघ २९ गते तथा डिप्रोक्स र नागबेलीले यही माघ २६ गते वार्षिक साधारणसभा डोकेका छन् । बैंकको सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश ९करसहित० अनुमोदन गर्नेछ । त्यस्तै बैंको अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्याउनेसम्बनधी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएअनुसार संस्थापक सेयरधनीहरुका तर्फबाट पाँचजना सञ्चालकहरुको मनोनयनरनिर्वाचन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

यसैगरी डिप्रोक्सको सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४५ प्रतिशत लाभांश पारित र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जाने प्रस्ताव विशेष रुपमा प्रवेश पाउने छन् ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ७७ करोड ३४ लाख १० हजार ४४१.९३ रुपैयाँको ४५ प्रतिशतले हुन आउने ३४ करोड ८० लाख ३४ हजार ६९८.५८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । प्रस्तावित लाभांशमा ३० प्रतिशतले हुन आउने २३ करोड २० लाख २३ हजार १३२.५८ रुपैयाँबराबरको बोनस सेयर र १५ प्रतिशतले हुने आउने ११ करोड ६० लाख ११ हजार ५६६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

सभामा अन्य उपयुक्त इजाजत प्राप्त ‘घ’ वर्गका लुघवित्त वित्तीय संस्थासँग आपसमा गाभ्ने गाभिने र प्राप्ति गर्ने कार्यको सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित हुनेछ ।

यसैगरी नागबेली लघुवित्तको सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनीय प्रस्ताव गरिएको कुल २७.१३६ प्रतिशत लाभांश पारित हुनेछ ।

संस्थाले चुक्तापूँजी १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक १.३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यो हिसाबले संस्थाले ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको बोनस सेयर र २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

सभामा बोसन सेयर वितरणपछि हुन आउने चुक्तापुँजीको ४:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।