काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४८ हजार ७०० रुपैयाँबराबरको बोनस सेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार ८०० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।