काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको गत वैशाख १७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल ६.७५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.७५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र ३ प्रतिशतले हुन आउने बोनस सेयर रहेका छन्। बोसन सेयर जारीपछि सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १२ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago