काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको तीनकुनेस्थित महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ।

महानगरीय प्रहरी वृत्तका कर्मचारीलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिलासुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बंैकले १ लाख १० हजार मूल्यबराबरको २ थान कम्प्युटर सेट सहयोगस्वरुप प्रदान गरेको हो।

बैंकका तर्फबाट बंैकका मुख्य प्रबन्धक समीर आचार्यले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरीउपरीक्षक मीमबहादुर लामालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरेका छन्।  सो समारोहमा बैंक तथा वृत्तका अन्य कर्मचारीको पनि उपस्थिति थियो।