काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १२.७० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा उत्पादन बिक्रीबाट ९६ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ५६.२७ प्रतिशतले बढेर १ अर्ब ३४ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ८६ करोड २७ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९७.४० रुपैयाँ रहेको छ। पीई रेसियो ७०.८३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २५५.३७ रुपैयाँ रहेको छ।
5 minutes ago
13 minutes ago
25 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago