काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब बाँडफाँडका लागि उपलब्ध रकमबाट हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रुपैयाँको कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६.६५ प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ७२ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ३८ लाख ५१ हजार १७९ रुपैयाँबराबरको नगद लााभांश छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी २८ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।