काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आफ्नो व्यवसायिक उडानको तयारीको प्रदर्शनका लागि बुधबार आफ्नो पहिलो जहाज A320-214 को काठमाडौँ–दिल्ली–काठमाडौँ रुटमा सफल पु्रभिङ फ्लाइट गरेको छ ।

9N-ALM,नेपाली रजिष्टे«शन नम्बर रहेको सो जहाजले बिमान सेवा सञ्चालनको सम्पूर्ण पक्षमा व्यवसायिक उडान भर्न दक्ष रहेको साबित गरेको एयरलाइन्सको दाबी छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड बमोजिम CAANको नियमानुसार CAAN का निरीक्षकहरुको सुपरीवेक्षणमा उक्त पु्रभिङ फ्लाइट सम्पन्न गरिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका पदाधिकारीहरुले पनि सो उडानको अनुगमन गरेका थिए ।

हिमालय एअरलाइन्स्का प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार बुधबारकोसफल उडानसँगै निकट भविष्यमै व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान प्रारम्भ हुनेछ । 

नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स् निजी क्षेत्रबाट स्थापित अन्तर्राष्ट्रिय नेपाली बायुसेवा कम्पनी हो । 

एअरलाइन्स्ले आफ्नो पहिलो गन्तव्य दिल्ली(इण्डिया) र दोहा(कतार) बनाएको छ । तत्पश्चात केही महिनापछि चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने योजना बनाएको  छ ।

हिमालय एअरलाइन्स्ले आफ्नो पहिलो जहाज A320-214 को फागुन २६, २०७२ मा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँमा अवतरण गराएको थियो । सो जहाजले चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओली, उनकी धर्म पत्नी राधिका शाक्य लगायत उच्चस्तरीय पदाधिकारीलाई जनगणतान्त्रिक चीनको औपचारिक भ्रमणका लागि उडान भरेको थियो । 

हिमालय एअरलाइन्स्ले आगामी पाँच वर्षभित्र पन्ध्रवटा 320 सिरिजका जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तव्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ । एअरलाइन्स्ले केही समयपछि जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाका लागि उडान भर्ने योजना बनाएको छ ।