काठमाण्डौ । हिमालय एयरलाइन्सले मंगलबारदेखि काठमाण्डौ र गुइयाङ (गुइझाउ प्रान्तको राजधानी सहर) जोड्ने सीधा उडान सेवा सुरु गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्सले नयाँ बजार पहिचान गरेसँगै यसले त्यस प्रान्तबाट नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने उद्देश्य राखेको छ । प्रत्येक बर्ष धेरैभन्दा धेरै पर्यटकलाई आकर्षण गर्ने सहर गुइयाङ चीनको प्रमुख पर्यटकीय सहर हो ।

हिमालय एअरलाइन्स प्रत्येक मंगलबार काठमाण्डौबाट गुइयाङका लागि उडान भर्नेछ र सोही दिन फर्केनेछ । हिमालय एअरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एयरलाइन्स हो ।

नयाँ सेवा विस्तारसँगै नेपालीहरुले चीनमा नयाँ गन्तव्यस्थलका निम्ति सरल, मितव्ययी र सिधा सञ्जालको सुविधा पाउन सक्नेछन् । उद्घाटन उडान काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार स्थानीय समय १०ः२५ मा गुइयाङ्का लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५ः५८ मा अवतरण गरेको छ ।

आवागमन उडान गुइयाङ्को लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः०८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १९ः३६ मा अवतरण गरेको छ ।

चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा स्थानमा गरेको छ जुन विगतका केही बर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही बर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ ।

सन् २०१९ को अक्टोबरको तथ्यांक अनुसार कुल १३,४८९ चिनियाँ पर्यटक नेपाल भित्रिए सँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पहिलो स्थानमा छ । यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५ प्रतिशत हो । सन् २०१९ (जनवरीदेखि अक्टुबरसम्म) को बार्षिक तुलना गर्ने हो भने कुल १३४,२८१ चिनियाँ पर्यटक भित्रिए सँगै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा चीन दोस्रो स्थानमा भए साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको छ ।

गुइयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ ।

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउ“दै आएको निजी वायुसेवा कम्पनी हो ।

एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एयरलाइन्सले तीन बर्षको छोटो अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पा“चवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१ २०१६ मा कतारको दोहाका लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङ्गलाई आफ्नो सञ्जालमा जोडेको छ ।

अहिले हिमालय एयरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका, बेइजिङ्ग र गुइयाङमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स् हिमालय एयरलाइन्स हो र हाल चीनमा उडान भर्ने एकमात्र नेपाली एयरलाइन्स हो ।

व्यावसायिक रुपमा काम सुरु गरेको एक बर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स् इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा एयरलाइन्स्ले गरेको अथक प्रयासको सम्मान गरेको छ र आगामी दिनमा उड्डयन क्षेत्रमा हिमालय एयरलाइन्स्लाई अझै परिस्कृत गर्दै लैजान उर्जा प्रदान गरेको छ ।