काठमाण्डौ । हिमालय एअरलाइन्स स्थापनाको ७ वर्ष सफलतापूर्वक पार गरी ८ औँ वर्षमा प्रवेश गरेको छ। कम्पनी फागुन २५ गते ८ औँ वर्षमा प्रवेश गरेको हो। 

कम्पनीले आफ्नो ७ औँ वार्षिकोत्सव आन्तरिक रुपमा कर्मचारीबीच मनाएको जनाएको छ। यस्तै कम्पनीले वार्षिकोत्सवका अवसरमा यात्रु, सरोकारवाला तथा समर्थकका लागि ‘क्लिक एन्ड सेयर विथ एन९’ नामक फोटो प्रतियोगिता गर्ने घोषणा गरेको छ। यो प्रतियोगिताको विजेताले चीनबाहेकको कम्पनीको अन्य कुनै पनि एउटा गन्तव्यको दुईतर्फी ट्रिप टिकट प्राप्त गर्नेछ। 

प्रतियोगितामा कसरी सहभागी हुने ?

  •  एच९ (हिमालय एअरलाइन्सको लोगो) सहित फोटो खिच्ने। फोटोमा एच९ लोगो पूर्ण रुपमा देखिनु पर्नेछ 
  • यसरी खिचेको फोटो हिमालयन एअरलाइन्सको आधिकारिक फेसबुक म्यासेजमा पठाउनुपर्नेछ। फोटो चैत ६ गते(मार्च २०,२०२२) मध्यरातसम्म पठाइसक्नुपर्नेछ। 
  • छनोट भएका फोटोहरु चैत ८ गते (मार्च २२) हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेजमा अपलोड गरिनेछ। 
  • प्रतियोगितामा सहभागी हुने तथा भोट हाल्ने व्यक्तिले हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेज लाइफ र फलो गर्नुपर्नेछ। 
  • सहभागीहरुले हिमालय एअरलाइन्सको आधिकारिक फुेसबुक पेजमा अपलोड भएको आफ्नो फोटोमा अधिकतम लाइक बटुल्नुपर्नेछ (सहभागीको व्यक्तिगत फेसबुक पेजमा अपलोड भएको फोटोको लाइक गणना गरिने छैन)।
  • भोटिङ चैत २२ गते (अप्रिल ५) दिउँसो २ बजेसम्म खुला रहेन छ। विजेताको घोषणा चैत २५ गते (अप्रिल ८) हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत गरिनेछ।