काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणससभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको साउन १३ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारणसभा एकैपटक भदौ ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा हलमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले हाल कायम चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। हकप्रद जारीपछि चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सोही सभाले संस्थापक सेयरधनीहरुका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुबाट २ जना गरी ५ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।