काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाण्डौको थापाथलीमा रहेको हुन्डाईको अत्याधुनिक विद्युतीय शोरुममा मिडिया भेला सम्पन्न गरेको छ। 

गत चैत २५ गते भएको भेलामा डेडिकेटेड सोरुम, दिगो सञ्चालन र विद्युतिय गाडीको पुर्जाहरुको बारेमा जानकारी गराइएको थियो। 

उक्त अवसरमा सोही शोरुमबाट पाटनको औद्योगिक क्षेत्रमा रहेको हुन्डाई तालिम केन्द्रमा लगी विभिन्न प्रस्तुतिमार्फत हुन्डाई विद्युतीय गाडीको पूर्वाधार र सञ्चालनसम्बन्धी विभिन्न जानकारी गराइएको थियो। कार्यक्रमको मुख्य उद्देश्य हुन्डाई विद्युतीय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिदकर्ताका माझ हुन्डाई नेपालले सस्टेनएबल मोबिलिटी र विद्युतीय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरु र पहलबारे जागरुकता सिर्जना गर्नु रहेको थियो। यसबाट हुन्डाईले वर्षौंदेखि सिर्जना गरेको ब्रान्ड इक्विटीलाई बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।

हाल ४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ। यसका साथै हुन्डाईको नेपालमा विद्युतिय गाडीको पूर्वाधारमा आक्रामक लगानी गर्नेसमेत योजना रहेको छ।