काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ।

‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारासहितको यो योजनाअन्तर्गत खरिदकर्ताले हुन्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वासिङ मेसिन उपहार प्राप्त गर्न सक्नेछन्। समयसापेक्ष योजनाहरुमार्फत आफ्ना ग्राहकहरुको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टलले सधैँ आकर्षक योजनाहरु बजारमा ल्याउँदै आएको छ्र। अहिलेको आवश्यकताअनुरुप विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्द्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र।

हुन्डाई कोना तथा आयोनिक ५ नेपालको विद्युतीय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यी दुवै उत्पादनले ग्राहकको मन जित्न सफल भएका छन्। आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुन्डाईको विश्वसनीयताले कोना तथा आयोनिक ५ विद्युतीय गाडीको पर्यायवाची बनिसकेको छ।

विद्युतीय गाडीहरुको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले आक्रामक रुपमा चार्जिङ स्टेसनहरुको निर्माण गरिरहेको छ। विद्युतीय गाडीको बिक्रीवितरणमा हुन्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथलीस्थित नेपालको एक मात्र विद्युतीय गाडीको एक्सक्लुसिभ शोरुम सञ्चालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरसहित ४० वटा चार्जिङ स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ।