काठमाण्डौ । हुन्डाई र किआले अमेरिकाबाट करिब ३४ लाख गाडी फिर्ता मगाएका छन्।
इन्जिन कम्पार्टमेन्टमा आगलागी हुने जोखिमका कारण कार फिर्ता मगाइएको हो। कम्पनीहरुले ती कारलाई घरबाहिर पार्किङ गर्न आग्रह गरेका छन्।
फिर्ता मगाइएकामा २०१० देखि २०१९ सम्मका धेरै गाडी मोडल समावेश गर्दछ। यसमा हुन्डाईको सान्ता फे एसयूभी र किआको सोरेन्टो एसयूभी पनि पर्छन्।
यूएस नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले बुधबार पोस्ट गरेको कागजातले एन्टी–लक ब्रेक कन्ट्रोल मोड्युलले तरल पदार्थ चुहिरहेको हुन सक्ने जनाइएको छ। यसले गाडी पार्किङ गर्दा वा चलाउँदा विद्युत सर्ट भएर आगलागी हुन सक्ने खतरा औँल्याइएको छ।
ती कारमा किआ र हुन्डाईले एन्टी–लक ब्रेक फ्युज निःशुल्क परिवर्तन गरिदिने जनाएका छन्। –एजेन्सी
22 minutes ago
26 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago