काठमाण्डौ । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ। विजेताले कम्पनीका तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन्।

कम्पनीले आज नक्सालको शोरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेता छनोट गरेको छ । अभियानमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकमध्ये नयाँपाल बहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन्। विजेताका रुपमा उनी विश्वकप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन्।

कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभमार्फत लक्की ड्र गरी विजेताको घोषणा गरेका हुन्। हुन्डाईका सबै विद्यमान ग्राहकले आफ्नो भीआईएन÷भीईएन नम्बरमार्फत आफूलाई दर्ता गरी ‘रोड टु फिफा वर्ल्डकप २०२२ फाइनल’ मा सहभागी हुन सक्ने प्रावधान रहेको थियो।

यसैगरी हिजो कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको थियो।

हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एन्ड विन, फुटबलको विश्वव्यापी अपिलमार्फत विश्वभरका मानिसलाई दिगोपनासम्बन्धी कार्यहरुमा सहभागी गराउने उद्देश्यले गरिएको थियो। 

कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जोकोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए। यसरी सहभागी भएका हजारौँ ग्राहकमध्ये हस्तमाया गुरुङ र शेरबहादुर जीसी ‘टेस्ट ड्राइभ एन्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन्।

हिजै दुवैजना विजेता आफूलाई मन पर्ने एकजनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन्।

हुन्डाई फिफा विश्वकप–२०२२ को एक आधिकारिक प्रायोजक हो र यसले आफ्ना विद्यमान तथा सम्भावित ग्राहकहरूलाई अवसर प्रदान गरेको छ। हुन्डाई नेपालले विगतमा पनि यस्तै रमाइलो क्याम्पेन ल्याइरहेको छ र भविष्यमा पनि आफ्नो ग्राहकका लागि यस्।।ता क्याम्पेन जारी राख्ने बताएको छ।