काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलेआफ्नो Be -v  the Change अभियानअन्तर्गत मंसिर २६ देखि पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकका लागि ५ दिने हुन्डाई ईभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको छ। यो अभियानले कोना र आईओनिक लाइन अपका ३०० भन्दा बढी ग्राहकलाई फाइदा पुग्ने विश्वास गरिएको छ।

यो कार्यक्रम प्रशिक्षित प्राविधिक र अत्याधुनिक उपकरणको सहयोगले सवारीधनीलाई आफ्नो सवारीको प्राविधिक अवस्था र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको हो।

त्यस्तै कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्वजाँच गर्न ग्राहकलाई विभिन्न सुझाव प्रदान पनि गर्नेछ। यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारीप्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँछ। यो कार्यक्रम थापाथलीस्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रुपमा चल्नेछ ।