काठमाण्डौ । हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम आयोजना हुने भएको छ। 

नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सिएसआरआई’ हो। यो संस्थाले नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

यसै सन्दर्भमा बिहीबारका संस्थाका अध्यक्ष प्राडा सुवर्ण शाक्य, उपाध्यक्ष मिलनराज नेपाली, निवर्तमान अध्यक्ष तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) का अध्यक्ष चिरञ्जिवी अधिकारी र एनपीसर्टका सदस्य सुरेश भण्डारीले हुवावे इन्टरनेसनल सिंगापुरका ग्लोबल पब्लिक सर्भिसेस इन्डस्ट्रि एक्स्पर्ट प्याट्रिक लो बेन्ग ची र हुवावे नेपालका प्रतिनिधि सुप्रलराज जोशीलाई औपचारिक भेटघाट गरी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनले आयोजना गर्ने आगामी साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रमका बारेमा सहकार्य गर्ने छलफल भएको हो। 

मल्टी–स्टेकहोल्डर डिस्कसन अन साइब सेक्युरिटी पोलिसी एन्ड प्रोसेसेज नामक उक्त कार्यक्रमको मुख्य आयोजक सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सहआयोजक हुने भएको छ। 

उक्त अवसरमा अध्यक्ष शाक्यले चीलाई नेपालमा स्वागत गर्दै सीएसआरआईका तर्फबाट धन्यवाद व्यक्त गरेका थिए।