काठमाण्डौ । नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेडले भर्खरै भैरहवाको बोदीभिल्लामा विशेष अवसर पारी हेफर इन्टरनेसनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप डेलिभरी गरेको छ।

डेलिभरीपश्चात हेफर इन्टरनेसनलले सम्बन्धित ग्राहकलाई उक्त ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण गरेको छ।

कम्पनीले यो सहकार्यले दुई कम्पनीबीच मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको जनाएको छ।