काठमाण्डौ । भारतमा होटेल तथा रेस्टुराँहरुले यो साताबाट ग्राहकबाट सेवा शुल्क नलिन नपाउने भएका छन्।
भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले यो सातादेखि होटेल र रेस्टुराँमा खानपिन गरेपछि दिइने बिलमा सेवा शुल्क जोड्न नपाइने नियम लागू गरेको हो। त्यस्तो शुल्क तिर्न बाध्य पारिएको ग्राहकबाट आउने गुनासो बढेपछि उक्त नियम लागू गरिएको बताइएको छ।
भारतमा होटेल तथा रेस्टुराँहरुले ५ देखि १० प्रतिशतसम्म ‘सेवा शुल्क’ जोड्ने गरेका छन्। तर, नयाँ नियमानुसार अब उनीहरुले बिलमा पूर्वनिर्धारित रुपमा वा स्वचालित रुपमा सेवा शुल्क थप्न पाउने छैनन्।
नयाँ नियमअनुसार अब होटेल तथा रेस्टुराँहरुले अन्य कुनै पनि शीर्षकअन्तर्गत टिप लिन वा त्यस्तो रकम तिर्न अस्वीकार गर्ने व्यक्तिलाई प्रवेश नदिन पाउने छैनन्। –एजेन्सी
25 minutes ago
44 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago